धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

भजनी नगरपालिकाकी उपप्रमुख छाया देवकोटा सहित कैलालीका ४ जनप्रतिनिधिलाई पदमुक्त गर्ने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले भजनी नगरपालिकाकी  उपप्रमुख छाया देवकोटा सहित कैलालीका स्थानीय तहका ४ जनप्रतिनिधिलाई  कारवाही  गर्ने निर्णय गरेको छ ।

भजनी नगरपालिकाकी उपप्रमुख छाया देवकोटा सहित कैलालीका ४ जनप्रतिनिधिलाई पदमुक्त गर्ने माओवादीको निर्णय
भजनी नगरपालिकाकी  उपप्रमुख छाया देवकोटा

धनगढी ।  नेकपा माओवादी केन्द्रले भजनी नगरपालिकाकी  उपप्रमुख छाया देवकोटा सहित कैलालीका स्थानीय तहका ४ जनप्रतिनिधिलाई  कारवाही  गर्ने निर्णय गरेको छ । 

पार्टी अनुशासन उल्लंघन गरेको भन्दै माओवादी केन्द्रको सोमबार बसेको केन्द्रीय कमिटि बैठकले कैलालीका ४ सहित देशभरका १४ जना  जनप्रतिनिधिलाई पदमुक्त हुनेगरी कारबाही गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सुदन किरातीले बताए ।

माओवादीदे कैलालीको भजनी नगरपालिकाकी उपप्रमुख छायाँ देवकोटा, गौरीगंगा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भागिरथी विष्ट, गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पुरन बि.सीलाई कारवाही गर्ने निर्णय गरेको हो ।

 माओवादीको कारवाहमिा पर्नेहरुमा रौतहटका प्रमुख र उपप्रमुख गरी ७ जना जनप्रतिनिधि, सिराहा, ओखल्ढुंगाका र मोहत्तरीका १।१ जना जनप्रतिनिधि रहेका छन् ।

 


ट्रेन्डिङ