धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीमा थपियो निषेधाज्ञा, अब दिउसो ३ बजेसम्म पसलहरु खुल्ने

निषेधाज्ञाका अवधिमा कैलालीमा भीडभाड हुने बाहेका पसलहरु दिउसो ३ बजेसम्म खुल्ने गरि कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले  निषेधाज्ञाा जारी गरेका छन् ।

कैलालीमा थपियो निषेधाज्ञा, अब दिउसो ३ बजेसम्म पसलहरु खुल्ने

धनगढी । थप खुकुलो बनाउँदै कैलाली जिल्लामा निषेधाज्ञा असार १५ गतेसम्म थप गरिएको छ । छैठौ पटक जारी गरिएको निषेधाज्ञाका अवधिमा कैलालीमा भीडभाड हुने बाहेका पसलहरु दिउसो ३ बजेसम्म खुल्ने गरि कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले  निषेधाज्ञाा जारी गरेका छन् ।

 थप गरिएको निषेधाज्ञाको अवधिमा कैलालीमा खाद्य सामाग्रीका पसलहरु, निर्माण सामाग्री, हार्डवेयर, इलेक्टोनिक्स र भाडा पसल,  पुस्तक पसल र स्टेशनरी, कपडा पसल, जुत्ता पसल, फेन्सी, कस्मेटिक्स, गिफ्ट आइटम, भान्साजन्य पसलहरु, पुजा सामाग्री बिक्री बितरण गर्ने पसल, खेलकुद सामाग्रीका पसल र टेलरिङ  पसलहरु बिहान ८ बजेखि दिउसो ३ बजेसम्म खुल्न सक्नेछन् ।

यसअिघ खाद्यान्न पसलहरु, तरकारी, दुधजन्य पद्धार्थका पसल,  हार्डवेयर र इलेक्टोनिक्स पसलहरु, बैंक, बित्तीय संसथहरु बिहान ७ देखि दिउसो  १२ बजेसम्म खुल्ने गरेका थिए ।

 कोभिड १९ को संक्रमण र क्षति केही कम भए पनि जोखिम कायमै रहेकोले निषेधाज्ञा जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञाको आदेशमा उल्लेख छ ।

 


ट्रेन्डिङ