धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती अस्पतालमा ८ जनामा कोरोना संक्रमण पुष्टि

अस्पतालमा कोरोना संक्रमित १७ जनाको उपचार भैरहेको छ ।

सेती अस्पतालमा ८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा सोमबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएका छ । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा १ शय ५ जनाको नमुना परिक्षण गरिएको थियो ।

सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा कोरोना संक्रमित १७ जनाको उपचार भैरहेको छ । अस्पतालमा रहेका मध्य ८ जनाको आइसीयु र १ जनाको भेन्टिलेटरको सहयोगमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा अस्पतालमा कोरोना संक्रमित १ जना भर्ना भएका छन् ।


ट्रेन्डिङ