धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

लागु औषध खैरो हिरोईन सहित १ जना पक्राउ

भजनी नगरपालिका वडा नम्बर ३ पडरियामा चेकजाँच गर्दा ९ ग्राम लागू औषध (खैरो हेरोईन ) जस्तो देखिने धुलो पदार्थ सहित एक जनालाई पक्राउ गरिएको हो ।

लागु औषध खैरो हिरोईन सहित १ जना पक्राउ

धनगढी । कैलालीको भजनी नगरपालिकाबाट प्रहरीले लागु औषध खैरो हिरोइन सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बिशेष सुचनाका आधारमा असार ५ गते भजनी नगरपालिका वडा नम्बर ३ पडरियामा चेकजाँच गर्दा ९ ग्राम लागू औषध (खैरो हेरोईन ) जस्तो देखिने धुलो पदार्थ सहित एक जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका भजनी नगरपालिका वडा नम्बर ५ कौवाखेडाका ३२ बर्षीय डम्मर साउँद रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 पक्राउ परेका साउँद बिरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा औषध (खैरो हेरोईन) शिर्षकमा मुद्धा दर्ता गरिसकेको  र अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।


ट्रेन्डिङ