धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिममा अझै १४२३ जनामा सक्रिय कोराना संक्रमण

सबै भन्दा बढी सक्रिय संक्रमित कैलालीमा र सबै भन्दा कम सक्रिय संक्रमित बझाङ जिल्लामा रहेका छन् ।

सुदुरपश्चिममा अझै १४२३ जनामा सक्रिय कोराना संक्रमण

धनगढी । कोरोना  परिक्षण र संक्रमण दर घटिरहेको भए पनि सुदुरपश्चिममा अझै  कोरोनाका १ हजार ४ शय २३  सक्रिय संक्रमितहरु रहेका छन् । सक्रिय संक्रमित मध्य पीसीआर परिक्षणबाट पुष्टि भएका ९ शय ४६ जना र एन्टिजेन परिक्षणबाट पुष्टि भएका ४ शय ७७ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

हिजो (सोमबार ) मात्र सुदुरपश्चिममा पीसीआर परिक्षणमा १८ जना र एन्टिजेन परिक्षणमा २१ ज्नामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सुदुरपश्चिममा सबै भन्दा बढी कैलालीमा ४ शय ३९ सक्रिय संक्रमित रहेका छन्  भने सबै भन्दा कम बझाङ जिल्लामा ८ जना सक्रिय संक्रमित  रहेका छन् । स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा पीसीआर बिधिबाट  गरिएको परिक्षणमा पुष्टि भएका ३ शय ९९ र एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा पुष्टि भएका ३९ संक्रमित हुन् ।  बझाङमा पीसीआर परिक्षणमा ६ जना र एन्टिजेन परिक्षणमा २ जनामा संक्रमण पुष्टि भएका हुन् ।

सुदुरपश्चिममा कैलालीपछि बढी सक्रिय संक्रमित कन्चनपुरमा रहेका छन् । कन्चनपुरमा पीसीआर परिक्षणमा संक्रमण पुष्टि भएका १ शय ८९ र एन्टिजेन परिक्षणमा पुष्टि भएका ७३ जना गरि २ शय ६२ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै बाजुरा जिल्लामा पीसीआर परिक्षणमा ३ जना र एन्टिजेन परिक्षणमा १ शय ६३ जना पुष्टि भएका गरि १ शय ६६ जना, डोटीमा पीसीआर परिक्षणमा पुष्टि भएका ९० र एन्टिजेन परिक्षणमा पुष्टि भएका ३६ गरि १ शय २६ जना र बैतडीमा पीसीआर परिक्षणमा पुष्टि भएका ४३ र एन्टिजेन परिक्षणमा पुष्टि भएका ४३ गरि ८६ जना सक्रिय संक्रमित रहेका छन् ।

अछाममा पीसीआर परिक्षणमा पुष्टि भएका १ शय ५७ र एन्टिजेन परिक्षणमा पुष्टि भएका  ४३ गरि २ शय, डडेल्धुरामा पीसीआर परिक्षणमा पुष्टि भएका  ३९ र एन्टिजेन परिक्षणमा पुष्टि भएका ३० गरि ६९ जना र दार्चुलामा पीसीआर परिक्षणमा पुष्टि भएका ३ र एन्टिजेन परिक्षणमा पुष्टि भएका ४८ गरि ५१ जना सक्रिय संक्रमित रहेका छन् ।


ट्रेन्डिङ