धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

जिल्ला प्रशासन कार्यालयले आजदेखि सर्वसाधारणलाई सेवा प्रदान गर्ने

धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कैलारी गाउँपालिका र चुरे गाउपालिकाका  वासिन्दाहरुलाई बार तोकेर जिल्ला प्रशासन कार्यालयले सेवा सुचारु गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले आजदेखि सर्वसाधारणलाई सेवा प्रदान गर्ने

धनगढी । कोभिड १९ को दोश्रो लहर बढेपछि बन्द गरिएको सर्वसाधारणहरुलाई प्रदान गदै आएका सेवाहरु जिल्ला प्रशासन कार्यालय कैलालीले आज (सोमबार) देखि सुचारु गरेको छ ।

धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कैलारी गाउँपालिका र चुरे गाउपालिकाका  वासिन्दाहरुलाई बार तोकेर जिल्ला प्रशासन कार्यालयले सेवा सुचारु गरेको हो ।

“असार ८ देखि अर्को व्यवस्था नभएसम्मका लागि यस कार्यालयबाट प्रदान गरिने सेवाहरु सुचारु ह्ुने भएकोले सम्बन्धित सबैको जनाकारीका लागि सुचना जारी गरिएको छ ।” जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत मीना जोशीद्धारा प्रकाशित सुचनामा उल्लेख छ । 

प्रशासन कार्यालयले नागरिकता, राहदानी, नाबालक परिचयपत्र, संघसंस्था दर्ता, नवीकरण लगायतका सेवाहरु सुचारु गरेको हो ।

प्रशासन कार्यालयले आइतबार, सोमबार र मंगलबार धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ देखि १० सम्म, गोदावरी नगरपालिकाका वडा नम्बर १ देखि ६ सम्म र कैलारी गाउपालिकाका वडा नम्बर १ देखि ५  सम्मका वासिन्दालाई सेवा प्रदान गर्नेछ ।

 बुधबार, बिहीवार र शुक्रवार धनगढी उपमहानगरपालिकाका वडा नम्बर ११ देखि १९ सम्म, गोदावरी नगरपालिकाका वडा नम्बर ७ देखि १२ सम्म र कैलारी गाउपालिकाका वडा नम्बर ६ देखि ९ नम्बर वडाका वासिन्दालाई सेवा प्रदान गर्नेछ ।

चुरे गाउपालिकाका वासिन्दाले  हस्ताभरि नै सेवा पाउनेछन् ।

इलाका प्रशासन कार्यालय सुखड र टीकापुरको क्षेत्राधिकार भित्रका स्थानीय तहका हकमा सम्बन्धित इलाका प्रशासन कार्यालयले तोके बमोजिम हुने प्रशासकीय अधिकृत जोशीद्धारा प्रकाशित बिज्ञप्तिमा  जानइएको छ ।

दोश्रो लहरको कोभिड १९ को संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले बैशाख १६ देखि निषेधाज्ञा जारी गरेसँगै कार्यालयबाट प्रदान गरिने सेवाहरु पनि स्थागित गरेको थियो ।

 


ट्रेन्डिङ