धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बैतडीमा कोरोना संक्रमति एक जनाको मृत्यु

दशरथचन्द नगरपालिका वडा नं ५ का ८२ बर्षीय पुरुषको मंगलबार बिहान ४ बजे मृत्यु भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले बताए ।

बैतडीमा कोरोना संक्रमति एक जनाको मृत्यु

बैतडी  । जिल्ला अस्पताल बैतडीमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बैतडी जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । 

अस्पतालमा दशरथचन्द नगरपालिका वडा नं ५ का ८२ बर्षीय पुरुषको मंगलबार बिहान ४ बजे मृत्यु भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले बताए ।

ती पुरुषमा  गत जेठ २६ गते कोरोना पुष्टि भएपछि जिल्ला अस्पतालमा  भर्ना भएका थिए ।

सूचना अधिकारी पन्तका अनुसार जिल्ला अस्पतालमा अहिले कोरोनाका बिरामीको संख्या शुन्य भएको छ ।


ट्रेन्डिङ