धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

लम्कीचुहामा क्वारेन्टिनबाट घर पठाइएका युवकको मृत्य

लम्कीचुहामा क्वारेन्टिनबाट घर पठाइएका युवकको मृत्य

 धनगढी

   कैलालीमा क्वारेन्टिनबाट घर पठाइएका एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्वर ७ का ३६ बर्षीय युवकको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

   जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रतिक बिष्टले क्वारेन्टिनबाट आइतबार मात्रै घर पठाईएका उनको सोमबार मृत्यु भएको जानकारी दिए । उनका अनुसार मृतक युवकलाई वडा नम्वर २ को क्वारेन्टिनबाट घर पठाईएको थियो ।

  प्रबक्ता बिष्टले भने–‘मृतकको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्ने तयारी भईरहेको छ ।’

   लम्कीचुहा नगरपालिकाका २ वटा क्वारेन्टिनबाट जेठ २८ गते घर पठाइएको ५८ जनामा  सोमबार मात्रै कोरोना पुष्टि भएको थियो ।


ट्रेन्डिङ