धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

भीरबाट खसेर महिलाको मृत्यु

दार्चुला

  दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं २ थामुमा घाँस काट्दै गर्दा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । सोमबार बिहान घर नजिककै खरबारीमा घास काटिरहेकी ४२ बर्षीय मानमती भट्टको भीरबाट लडेर मृत्यु भएको शैल्यशिखर नगरपालिका वडा नं २ का वडा अध्यक्ष माधवराज भट्टले जानकारी दिए ।

   मृतक भट्टका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन्  भने उनका एक छोरा र एक छोरी छन्  ।


ट्रेन्डिङ