धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीमा आजदेखि साझ छ बजेसम्म पसल खुल्ने

जोर बिजोरका आधारमा निजी र सार्वजनिक सवारी साधनहरु जिल्लाभित्र सञ्चालन हुनेछन् ।

कैलालीमा आजदेखि साझ छ बजेसम्म पसल खुल्ने

धनगढी । कैलाली जिल्लामा आज ( मंगलबार) देखि पसलहरु साझ छ बजेसम्म खुल्ने भएका छन् ।  जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीले पसलहरु खुल्ने समय थप्दै परिमार्जन सहित निषेधाज्ञा असार २२ गतेसम्म थप्ने निर्णय सोमबार गरेको हो ।

असार ८ गतेदेखि जारी निषेधाज्ञा हिजो (सोमबार) राति १२ बजे  सकिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले  असार १६ गतेदेखि विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म पसलहरु खुला रहने बताए ।

कोभिडको संक्रमण दर कम भएपछि यसअघि असार ८ गतेदेखि दिउसो ३ बजेसम्म पसल सञ्चालन  हुदै आएका छन्  ।

खाद्य सामाग्रीका पसलहरु, निर्माण सामाग्रीका पसलहरु, हार्डवेयर, इलेक्टोनिक् र भाडावर्तन पसलहरु, पुस्तक पसल र स्टेशनरीहरु, कपडा, जुत्ता, फेन्सी र कस्मेटिक्स, गिफट आइटम, भान्साजन्य पसलहरु, पुजा  सामाग्री बितरण गर्ने पसलहरु, खेलकुद सामाग्रीका पसलहरु बिहान छ बजेदेखि  साझ छ बजेसम्म खोलन दिने निर्णय बैठकले गरेको छ ।

वर्कशपहरु बढीमा तीन जना  कामदार मात्र राखेर हिान छ बजदेखि साझ सात बजेसम्म खोल्न सकिनेछन् ।

होटल, रेष्टुरेन्ट,  खाजा तथा चिया पसलहरु पुर्ण रुपमा बन्द रहनेछन्  । तर  होम डेलिभरि तथा टेक अवे सेवा दिनेल सक्नेछन् ।

निजी सवारी साधनहरु कार, जीप, भ्यान, ट्याक्सी, अटो मोटरसाइकल र स्कुट िजोर बिजोर प्रणालीका आधारमा  जिल्लाभित्र सञ्चालन हुनसक्नेछन् । तर जिल्ला बाहिर जानु परेमा अनुमति लिनु पर्नेछ ।

 यात्रुवाहक सार्वजनिक सवारी साधाहरु  जोरबिजोर प्रणाली अपनाएर जिल्लाभित्र सञ्चालन हुन पाउनेछन् ।  

बैठकले  जिल्लाभित्र   निजी सवारी  साधनहरु जोर बिजोर  प्रणालीका आधारमा सञ्चालन हुन दिने निर्णय गरेको छ ।


ट्रेन्डिङ