धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती अस्पतालमा २८ जनामा कोरोना संक्रमण पुष्टि

अस्पतालमा कोरोना संक्रमित १७ जनाको उपचार भैरहेको छ ।

सेती अस्पतालमा २८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा मंगलबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा आरटी पीसीआर बिधिबाट ९३ जनाको नमुना परिक्षण गरिएको थियो ।

सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा कोरोना संक्रमित १७ जनाको उपचार भैरहेको छ । अस्पतालमा रहेका मध्य ४ जनाको आइसीयु र २ जनाको भेन्टिलेटरेको सहयोगमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा  सेती अस्पतालमा कोरोना संक्रमित छ जना भर्ना भएका छन् भने कोरोना संक्रमित ४ जना निको भएर र होम आइसोलेसनमा गएका छन् ।


ट्रेन्डिङ