धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती अस्पतालमा ३७ जनामा कोरोना संक्रमण पुष्टि

अस्पतालमा कोरोना संक्रमित ९२ जनाको  उपचार भैरहेको छ ।

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा बुधबार गरिएको परिक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा ९२ जनाको नमुना परिक्षण गरिएको थियो ।

अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा कोरोना संक्रमित ९२ जनाको  उपचार भैरहेको छ । अस्पतालमा रहेका मध्य ५ जनाको आइसीयु र २ जनाको भेन्टिलेटरको सहयोगमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा सेती अस्पतालमा कोरोना संक्रमित ३ जना भर्ना भएका छन् ।


ट्रेन्डिङ