धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

भारतमा  १८ हात्तीको कोरोना परिक्षण

जनावरहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको हुन सक्ने आशंकामा मंगलबार ती हात्तीको स्वाब संकलन गरिएको हो ।

भारतमा  १८ हात्तीको कोरोना परिक्षण

चेन्नई । भारतमा २८ ओटा हात्तीको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ । जनावरहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको हुन सक्ने आशंकामा मंगलबार ती हात्तीको स्वाब संकलन गरिएको हो ।

दक्षिण भारतको तमिलनाडु प्रदेशमा पर्ने चेन्नईमा रहेको मुडुमालै टाइगर रिसोर्टमा रहेका २८ हात्तीको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् । परीक्षणका लागि निकालिएको उनीहरुको स्वाब उत्तर प्रदेश अन्तर्गतको भारतीय भेटेनरी अनुसन्धान संस्थामा पठाइएको जनाइएको छ ।  परीक्षणको नतिजा केही दिनमा आउने अधिकारीहरूको भनाइ छ ।

यसअघि सोही रिसोर्टमा कोरोनाका कारण एउटा सिंह मरेको र अन्य केही सिंह बिरामी भएका थिए । त्यसपछि प्रदेशका वनमन्त्री रामचन्द्रले रिसोर्टमा रहेका सबै हात्तीको कोरोना परीक्षण गर्न निर्देशन दिएका थियो । (एएनआई)


ट्रेन्डिङ