धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती अस्पतालमा कोरोना संक्रमित १ जनाको मृत्यु, १६ जनामा कोरोना संक्रमण पुष्टि

अस्पतालमा कोरोना संक्रमित १४ जनाको उपचार भैरहेको छ ।

सेती अस्पतालमा कोरोना संक्रमित १ जनाको मृत्यु, १६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा शनिबार कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । अस्पतालमा गरिएको परिक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालको प्रयोगशालामा आरटी पीसीआर बिधिबाट ७७ जनाको नमुना परिक्षण गरिएको थियो ।

अस्पतालमा कोरोना संक्रमित १४ जनाको उपचार भैरहेको छ । अस्पतालमा रहेका मध्य ३ जनाको आइसीयु र २ जनाको भेन्टिलेटरको सहयोगमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ६ जना निको भएर र होम आइसोलेसनमा गएका छन् भने ३ जना कोरोना संक्रमित अस्पतालमा भर्ना भएका छन् ।


ट्रेन्डिङ