धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

लागु औषध कारोवारको आरोपमा औषधी पसल सञ्चालक सहित २ जना पक्राउ

औषधी पसलमा खोजतलास गर्दा चाउचाउको पेटीभित्र लुकाइराखेको अवस्थामा   नाइट्राभेट १० ट्याब्लेट ६ शय  र स्प्यासप्रोक्स क्याप्सुल ९६  थान बरामद गरिएको छ।

लागु औषध कारोवारको आरोपमा औषधी पसल सञ्चालक सहित २ जना पक्राउ

धनगढी ।  कैलालीको टीकापुर नगरपालिकाबाट प्रहरीले औषधी पसल सञ्चालक सहित दुई जनालाई लागु औषध  सहित पक्राउ गरेको छ ।

टीकापुर नगरपालिका वडा नम्बर ६ भर्तापुर स्थित औषधी पसलका सञ्चालक  सुमन चौधरी र टीकापुर नगरपालिका वडा नम्बर ६ भर्तापुर बस्ने बर्ष २५ को दिलिप राईलाई लागु औषध औषध नाइट्राभेट १० ट्याब्लेट र स्प्यासप्रोक्स क्याप्सुल  सहित  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार राईलाई टीकापुर नगरपालिका वडा नम्बर ३ रामपुर स्थित सडक खण्डमा नाइट्राभेट १० ट्याब्लेट ६० र स्प्यासप्रोक्स १६ थान सहित पक्राउ गरिएको हो ।

राइकै बयानका आधारमा  भर्तापुर स्थित चौधरीको औषधी पसलमा खोजतलास गर्दा चाउचाउको पेटीभित्र लुकाइराखेको अवस्थामा   नाइट्राभेट १० ट्याब्लेट ६ शय  र स्प्यासप्रोक्स क्याप्सुल ९६  थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले जानकारी दिएका छन् ।

पक्राउ परेका दुवै जना बिरुद्ध लागु औषध शिर्षकमा कैलाली जिल्ला अदालतमा मुद्दा दता भैसकेको र म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

 


ट्रेन्डिङ