धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बैतडीमा जिप दुर्घटनामा ३ जनाको मृत्यु

डडेल्धुरा तर्फ गईरहेको से १ ज ७३९ नम्बरको जिप लगन भन्ने स्थानमा आइतबार बिहान ९ बजेर ४० मिनेटमा दुर्घटनामा परेको हो ।

बैतडीमा जिप दुर्घटनामा ३ जनाको मृत्यु

बैतडी  ।  बैतडीको सिगासमा भएको  जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।  दुर्घटनामा ११.जना घाइते भएका छन् ।

दुर्घटनामा सिगास गाउँपालिका ३ का ४५ बर्षीय मानसिंह साउँद,  ६४ बर्षीय रामसिंह धामी र सिगास गाउँपालिका ३ का ४५ बर्षीय जयसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

सिगास गाउँपालिका वडा नं ३ बाट डडेल्धुरा तर्फ गईरहेको से १ ज ७३९ नम्बरको जिप लगन भन्ने स्थानमा आइतबार बिहान ९ बजेर ४० मिनेटमा दुर्घटनामा परेको हो । जिप सडकबाट करीब ५० मिटर तल खसेको जनाइएको छ ।

घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । सिगास गाउँपालिका ३ का १८ बर्षीय योगेन्द्र धामी, १३ बर्षीय लक्ष्मण बोहरा र ४० बर्षीया गोमती साउँदको अवस्था गम्भीर रहेको छ ।

यस्तै सिगास गाउँपालिका ३ कै २९ बर्षीय करनसिंह धामी, ४५ बर्षीय दलबीर साउँद, ४० बर्षीय चक्र धामी, ३८ बर्षीय वासमती धामी, २० बर्षीया राजेन्द्र धामी, ४७ बर्षीय कृष्ण धामी, ४० बर्षीय शेरबहादुर धामी र २० बर्षीय रविन्द्र धामी समान्य घाइते भएका छन् ।

जिप चालक १९ बर्षीय खगेन्द्र साउँद र जिप साहु ४४ बर्षीउ हरिभान साउँद भने फरार रहेका प्रहरीले जनाएको छ

जिपमा १६ जना सवार रहेका बताइएको छ । जिप सडकबाट करीब ५० मिटर तल खसेको जनाइएको छ ।


ट्रेन्डिङ