धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुखडमा ब्राउन सुगर सहित २ जना पक्राउ

उनीहरुका बिरुद्ध लागु औषध ब्राउन सुगर शिर्षकमा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गरी  म्याद थपको अनुमती लिई थप अनुसन्धान गरिरहेको छ ।

सुखडमा ब्राउन सुगर सहित २ जना पक्राउ

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाबाट प्रहरीले लागु औषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ  गरेको छ । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखढका २३ बर्षीय बिशाल थापा र सोही वडाको शान्तिनगरका १९ बर्षीय श्याम मगर  रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले घोडाघोडी मन्दीर नजिक पुर्व पश्चिम महेन्द्र राजमार्गमा शंकास्पद रुपले बसिरहेका उनीहरुलाई खानतलासी गर्दा ब्राउन सुगर ९ ग्राम ३६० मिलिग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुका साथबाट  नेपाली  ८९ हजार ५ शय, भारतिय रुपैया २३ हजार  पाँच सय र ४ थान मोबाईल समेत फेला परेको छ ।

उनीहरुका बिरुद्ध लागु औषध ब्राउन सुगर शिर्षकमा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गरी  म्याद थपको अनुमती लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


ट्रेन्डिङ