धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

निषेधाज्ञा अवधिको सवारी साधन  दर्ता र नवीकरणको जरिवाना छुट

सुदुरपश्चिम प्रदेशमा हुने सवारी साधन दर्ता र नवीकरणमा जरिवाना रकम छुट दिने आर्थिक मामिला मन्त्रालयको मन्त्रीस्तरीय निर्णय भएको हो ।

निषेधाज्ञा अवधिको सवारी साधन  दर्ता र नवीकरणको जरिवाना छुट

धनगढी  ।  निषेधाज्ञा अवधिको यातायात करमा सुदूरपश्चिम सरकारले  छुट गर्ने निर्णय गरेको छ । सुदुरपश्चिम प्रदेशमा हुने सवारी साधन दर्ता र नवीकरणमा जरिवाना रकम छुट दिने आर्थिक मामिला मन्त्रालयको मन्त्रीस्तरीय निर्णय भएको हो ।

निषेधाज्ञाकै समयमा कर बुझाउने अवधि पुगेका सवारी धनीहरुलाई सवारी साधन पुर्ण रुपमा खुलेको १५ दिनभित्र कर बुझाउँदा जरिवाना छुट गर्ने निर्णय भएको मन्त्रालयका शाखा अधिकृत खगेन्द्र साउँदद्वारा जारी पत्रमा उल्लेख छ ।

प्रदेश सरकार अन्तर्गत यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयमा सवारी साधनको  दर्ता र नवीकरण हुने गरेको छ ।

सुदुरपश्चिम प्रदेशमा यातायात व्यवस्था कार्यालय कैलाली, कञ्चनपुर, सेवा कार्यालय डोटी र डडेल्धुरामा  रहेका छन्  ।


ट्रेन्डिङ