धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती अस्पतालमा कोरोना संक्रमित १ जनाको मृत्यु, ३३ जनामा कोरोना संक्रमण पुष्टि

अस्पतालको प्रयोगशालामा ८९ जनाको नमुना परिक्षण गरिएको थियो ।

सेती अस्पतालमा कोरोना संक्रमित १ जनाको मृत्यु, ३३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना संक्रमित  १ जनाको मृत्यु भएको छ । अस्पतालमा शनिबार गरिएको परिक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा ८९ जनाको नमुना परिक्षण गरिएको थियो ।

सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार मृत्यु हुनेमा बाजुराको स्वामीकार्तिक गाउपालिका वडा नम्बर ९ का ५५ बर्षीय पुरुष रहेका छन् ।

कोरोना पुष्टि हुनेमा धनगढी उपमहानगरपालिकाका १२ पुरुष र ९ महिला गरि २१ जना, कैलालीका धनगढी उपमहानगरपालिका बाहेकका पालिकाहरुका २ पुरुष र ६ महिला गरि ८ जना र कैलाली बाहेकका जिल्लाका ३ पुरुष र १ महिला गरि ४ जना रहेका छन् ।

अस्पतालमा कोरोना संक्रमित १६ जनाको उपचार भैरहेको छ । अस्पतालमा रहेका म्ध्य १ जनाको भेन्टिलेटर, २ जनाको आइसीयु र १० जनाको अक्सिजनको सहयोगमा उपचार भैरहेको छ ।

पछिल्लो  २४ घण्टमा कोरोना संक्रमित १ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमित ४ जना अस्पतालमा भर्ना भएका छन् ।


ट्रेन्डिङ