धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
भजनी नगर विवाद

नगर प्रमुखको कार्यकक्षमा उप–प्रमुखले लगाइन् ताला

नगर प्रमुखको कार्यकक्षमा उप–प्रमुखले लगाइन् ताला

धनगढी

 एकलौटी बजेट पारित गरेर नगरसभा आयोजना र्नखोजेको भन्दै आन्दोलनरत कैलालीको भजनी नगरपालिकाकी उपाध्यक्ष छाया देवकोटा र केही वडा अध्यक्षले आफ्नै नगरपालिकाका मेयरको कार्यकक्षमा ताला लगाएका छन् ।

सोमबार नगरसभा सुरु हुने वित्तिकै विभिन्न माग राखदै भजनी नगरपालिकाकी उप–प्रमुख र वडा अध्यक्षले आन्दोलन सुरु गरेका थिए ।

उप–प्रमुख छाया देवकोटाले विधान विपरित वडा स्तरिय योजना पारित गरिएको, योजना तर्जुमा गर्दा नगर उप–प्रमुखको अध्यतामा छलफल हुनुपर्ने प्रावधान विपरित बहुमतको दम्भ देखाएर आफुलाई बाहिर राख्न खोजिएका कारण नगरसभा अबरोध गरेर आन्दोलनमा उत्रनुपरेको बताइन् ।

उनका अनुसार मंगलबार मेयर शेरबहादुर चौधरीको कार्यककक्ष संगै सभा हलमा ताला लगाइएको छ ।

वडा स्तरबाट पारित भएर आउनु पर्ने योजना मेयरले धनगढीमा गएर तयार पारेको, बहुमतको दम्भ देखाएर झ्यालबाट योजना ल्याउँदै पारित गर्ने गरेको हुँदा आफुहरुले विधिसम्मत कार्यक्रम सञ्चाल गर्न माग गर्दै आन्दोलन थालेको बताउँदै उप–प्रमुख देबकोटाले आफ्ना माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताइन् ।


ट्रेन्डिङ