धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती अस्पतालमा १९ जनामा कोरोना संक्रमण पुष्टि

अस्पतालमा  कोरोना संक्रमित १७ जनाको उपचार भैरहेको छ ।

सेती अस्पतालमा १९ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा बिहीवार गरिएको  परिक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा ६५ जनाको नमुना परिक्षण गरिएको थियो ।

सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा  कोरोना संक्रमित १७ जनाको उपचार भैरहेको छ । अस्पतालमा रहेका मध्य २ जनाको आइसीयु र ८ जनाको अक्सिजनको सहयोगमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित २ जना निको भएर फर्किएका छन् भने कोराना संक्रमित ५ जना अस्पतालमा भर्ना भएका छन् ।


ट्रेन्डिङ