धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

गेटा आँखा अस्पतालद्वारा मंगलशैनमा शाखा विस्तार

गेटा आँखा अस्पतालद्वारा मंगलशैनमा शाखा विस्तार

धनगढी

नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालले १६ औं शाखाका रुपमा अछामको मंगलशैनमा आँखा उपचार केन्द्र विस्तार गरेको छ ।

मंगलसैन नगरपालिका र सेभा नेपालको सहयोगमामा अछामको मंगलशैनमा शाखा विस्तार गरिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक रमेश चन्द भट्टले बताए ।

उक्त उपचार केन्द्रमा अत्याधुनिक उपकरणहरुको प्रयोग गरि आँखा परिक्षण, औषधि उपचारको साथै सामान्य शल्यक्रिया समेत गरिने संयोजक भट्टले बताए ।

सो शाखाबाट आँखाको जटिल समस्या भएका बिरामीहरुलाई आँखा परिक्षण गरिने उपकरणमा नै जडित क्यामराको मदतले टेलिमेडिसिनको प्रयोग गरी गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट आँखा परिक्षण र आवस्यक परामर्श समेत प्रदान गरिने व्यवस्था गरिएको उनले बताए ।

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा अछामका सभापति प्रेम बहादुर रावलको अध्यक्षतामा गरिएको उद्घाटन कार्यक्रम जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुंवरले उद्घाटन गरेका थिए । कार्यक्रममा बिशिष्ट अतिथि मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बोहरा, प्रमुख जिल्ला अधिकारी रुद्र प्रशाद मल्ल रहेका थिए ।

कार्यक्रममा  गेटा आँखा अस्पतालका वाह्यकार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले आँखा उपचार केन्द्रले प्रदान गर्ने सेवाको बिषयमा जानकारी गराएका थिए ।


ट्रेन्डिङ