धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली साउन ११ गतेसम्म थपियो निषेधाज्ञा

कोरोनाको जोखिम बढेपछि गत बैशाख १६ गतेदेखि कैलालीमा निषेधाज्ञा लागु हुदै आएको छ ।

कैलाली साउन ११ गतेसम्म थपियो निषेधाज्ञा

धनगढी  । थप खुकुलो बनाउँदै  कैलाली जिल्लामा जारी निषेधाज्ञा  साउन ११ गतेसम्म थप गरिएको छ । कोरोनाको जोखिम बढेपछि गत बैशाख १६ गतेदेखि कैलालीमा निषेधाज्ञा लागु हुदै आएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी  खगेन्द्र प्रसाद रिजालद्धारा जारी गरिएको निषेधात्राको आदेशमा सभा, सम्मेलन, सिनेमा हल, पाटीै प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, पार्क, मनोरञ्जनस्थल, जिमखाना, पुस्तकालय, संग्राहालय, शिक्षणसस्था, समूहमा खेलीने दर्शक सहितका खेलकुद बाहेक अन्य व्यापार व्यवसायहरु विहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने उल्लेख छ ।

 सार्वजनिक सवारी साधन र नीजि सवारी साधन यथावत रुपमा सञ्चालन हुनेछन् ।


ट्रेन्डिङ