धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

कञ्चनपुरको लिङ्गामा बस्दै आएका बाबा मृत भेटिए

कञ्चनपुरको लिङ्गामा बस्दै आएका बाबा मृत भेटिए
file photo

धनगढी
कञ्चनपुर जिल्लामा पर्ने प्रसिद्ध धार्मिक, तथा पर्यटकिय स्थल लिङ्गामा बस्ने बाबा मृत भेटिएका छन् । 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वेदकोट नगरपालिका–४ स्थित शिव लिङ्गेश्वर धाममा बस्दै आएका ७५ वर्षीय बाबा किसन नाथ शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् । घटना संकास्पद रहेको प्रहरीले जनाएको छ । ‘बाबाको मृत्यु केही शंकास्पद रहेको छ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले भने–‘घटनास्थललाई शिल गरेर अनुसन्धानको काम भइरहेको छ ।’

 


ट्रेन्डिङ