धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८३   July 28, 2026

गोदावरी नगरपालिकाको एउटै वडामा ३८ कोरोना संक्रमित

गोदावरी नगरपालिकाको एउटै वडामा ३८ कोरोना संक्रमित

अत्तरिया

  कैलालीको गोदावरी नगरपालिकामा मंगलबार कोरोना पुष्टि भएका मध्य ३८ जना वडा नम्बर १२ का रहेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणमा पछिल्लो २४ घण्टामा गोदावरी नगरपालिकाका ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

   छ जनाको वडा नम्बर खुल्न सकेको छैन ।

   गोदावरी नगरपालिकामा कोरोना पुष्टि भएका मध्य ५ महिनाकी बालिका, ४ बर्षकी बालिका ३ बर्षकी बालिका सहित १५ महिला र ४ बर्षको बालक सहित २९ जना पुरुष रहेका छन्