धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

गौरीगंगा नगरपालिकामा खैरो हिरोइन सहित १ जना पक्राउ

लागु औषधको कारोवार भैरहेको भन्ने सुचनाका आधारमा खटिएको प्रहरी टोलीले गौरीगंगा नगरपालिका वडा नम्बर ४ बाट शुक्रवार राति साढे नौ बजे एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गौरीगंगा नगरपालिकामा खैरो हिरोइन सहित १ जना पक्राउ

 

धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाबाट प्रहरीले खैरो हिरोइन सहित एक जनालाई पक्राउ गरेको  छ ।  लागु औषधको कारोवार भैरहेको भन्ने सुचनाका आधारमा खटिएको प्रहरी टोलीले गौरीगंगा नगरपालिका वडा नम्बर ४ बाट शुक्रवार राति साढे नौ बजे एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टका अनुसार पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका वडा नम्बर ४ कै २१ बर्षीय अर्जुन साउद रहेका छन् । उनको साथबाट ११ मिलिग्राम खैरो हिरोइन बरामद गरिएको हो ।

 साउद बिरुद्ध जिल्ला  अदालत कैलालीमा लागु औषध खैरो हिरोइन शीर्षकमा मुद्धा दर्ता गरि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


ट्रेन्डिङ