धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

आफन्त संग हाँसेको आरोपमा श्रीमानले काटे श्रीमतिको कान

आफन्त संग हाँसेको आरोपमा श्रीमानले काटे श्रीमतिको कान

धनगढी

आफन्त पुरुष संग हाँसेको भन्दै बझाङमा एक पुरुषले आफ्नै श्रीमतिको कान काटेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जयपृथ्वी नगरपालिका–१ भण्डारगाउँकी २१ वर्षीया जानकी नेपालीलाई अरु पुरुष संग बोलेको र हाासेको भन्दै उनका २५ बर्षिय श्रीमान मनोज नेपालीले कुटपिट संगै बायाँ कान काटेका छन् ।

‘सामान्य घरायसि विवादलाई लिएर मनोजले पहिला श्रीमतिलाई कुटपिट गरेछ’ जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काले भने–‘त्यही आवेगमा श्रीमतिको कान काटेछ, मनोज अहिले हाम्रो नियनत्रणमा छ ।’ उनले घटनाको थप अनुसन्धान जारी रहेको बताए ।

जिल्ला अस्पताल बझाङमा अहिले घाइते महिलाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।


ट्रेन्डिङ