धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

भीम रावलले सांसद पदबाट राजीनामा दिए

भीम रावलले सांसद पदबाट राजीनामा दिए

धनगढी

नेकपा एमालेका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन् ।

सुदूरपश्चिम प्रदेशको अछामबाट नेकपा एमालेका सांसद पदमा प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागि नहुने भन्दै राजीनामा दिएका हुन् । उनले अनैतिक राजनीतिको खेलबाट अलग हुन राजीनमा दर्ता गरेको बताए ।

रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठिन कार्यदलमा माधव कुमार नेपाल पक्षबाट संयोजक थिए ।

शेरबहादुर देउवालाई विश्वासको मत दिनु अघि उनले पदबाटै राजीनामा दिएका हुन् । उनी संस्थागत निर्णय गरेर अघि बढ्नुपर्ने पक्षमा थिए ।


ट्रेन्डिङ