धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

सेतीको परिक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

सेतीको परिक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकरी दिलिप कुमार श्रेष्ठका अनुसार सोमबार ९३ जनाको स्वाव परिक्षण गरिएकोमा ३० जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार सोमबार सेतीमा उपचाररत संक्रमित मध्य ७ जना निको भएर घर गएका छन् । सोमबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको उनले बताए ।