धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

एमसीसी विरुद्ध धनगढीमा विप्लवको प्रदर्शन

एमसीसी विरुद्ध धनगढीमा विप्लवको प्रदर्शन

धनगढी

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जनवर्गिय संगठनले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरुद्धमा धनगढीको क्याम्पस रोडमा विरोध प्रदर्शन गरेका छन् ।

    एमसीसी सम्झौता राष्ट्रको हित विपरित भएको भन्दै अखिल क्रान्तिकारी कैलाली,युवा संगठन कैलाली र स्वतन्त्र विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन् । एमसीसीको पक्ष र विपक्षमा संसदमा बहस भईरहँदा देशभक्त युवा, विद्यार्थी, सामाजिक अभियान्ता र विभिन्न पार्टीहरु सडक संघर्षमा उत्रिएका हुन् ।

     उनीहरुले संसदबाट एमसीसी पास गराएर सरकारले नेपाल र नेपाली जनताको हितविपरित नेपालमा अमेरिकी सेना भित्राउन लागेको भन्दै सरकारको चर्को विरोध गरेका थिए । विरोधमा उत्रिएका युवा,विद्यार्थी सामाजिक अभियान्ताहरुले एमसीसी खारेज गर्न सरकार विरुद्ध सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका थिए ।

    कार्यक्रममा अखिल क्रान्तिकारी कैलाली अध्यक्ष सुवास जोशी, युवा सचिव विक्की ओझा लगायतले बोलेका थिए ।