धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

गृह जिल्लाबाट प्रधानमन्त्रीलाई ११ बुदे ज्ञापन

गृह जिल्लाबाट प्रधानमन्त्रीलाई ११ बुदे ज्ञापन

धनगढी

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट नागरिक समाजले प्रधानमन्त्री शेर बहादुर देउवालाई ११ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

पाँचौ पटक प्रधानमन्त्री भएका देउवालाई जिल्लाको समग्र विकासको लागि जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएको नागरिक समाज डडेल्धुराका संयोजक रमेशप्रसाद जोशीले बताएका छन् ।

कोरोना भाइरस विरुद्धको खोप, डडेल्धुरामा मेडिकल कलेज सञ्चालन, डडेल्धुरा बहुमुखी क्याम्पसलाई प्राविधिक क्याम्पसका रुपमा विकास लगायतका ११ बुँदे  माग राखिएको हो ।