धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

मोहना नदीमा आएको बाढी बस्तीमा पस्यो

मोहना नदीमा आएको बाढी बस्तीमा पस्यो
file photo

धनगढी

मोहन नदीमा आएको बाढीका कारण कैलालीको भजनी स्थित हिम्मतपुर वासी विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोहना नदीमा आएको बाढीका कारण भजनी नगरपालिका७ हिम्मतपुरका ६ परिवार विस्थापित भएका छन् ।

जिलला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार अहिले हिम्मतपुरमा उद्धारको काम भइरहेको छ । हिम्मतपुरका १७ परिवार बाढीको उच्च जोखिमा रहेका उनले बताए ।

मोहना नदीमा पानीको बहाब बढेपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको प्रबक्ता विष्टले बताए ।