धनगढी पोष्ट सोमबार, ०८ मङि्सर २०८२   November 24, 2025

सामाजिक सुरक्षाभत्ताका बुझ्न गएका वृद्धको मृत्यु

सामाजिक सुरक्षाभत्ताका बुझ्न गएका वृद्धको मृत्यु
सांकेतिक फोटो

धनगढी

कैलालीमा सामाजिक सुरक्षा भत्ता बुझ्न जाँदा बेहोस भएका एक वृद्धको मृत्यु भएको छ ।

कैलालीको टीकापुर नगरपालिका ८ का ७६ वर्षका नरबहादुर साउँद वृद्धभत्ता बुझ्न वडा कार्यालयमा पुगेका वेला एक्कासी विरामि परेका थिए ।

उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैम मृत्यु भएको वडाध्यक्ष दीर्घ ठकुल्लाले बताए ।

वडा कार्यालयमा पुगेका साउँद सुरुमा स्वास्थ्यमा केही समस्या भएको भन्दै भूईमा पल्टिनुभएको थियो वडा अध्यक्ष ठकुल्लाले भने–‘पछि बढी भएछ, अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भयो । मृतक वृद्धले सामाजिक सुरक्षा भत्ता समेत बुझ्न नपाएको अध्यक्ष ठकुल्लाले बताए । वडाध्यक्ष ठकुल्लाले वृद्ध, वृद्धालाई बैंकमा लामो समय कुर्नु नपरोस् भनेर वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालिएको बताए ।