धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

भारतीयको ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

भारतीयको ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

धनगढी

सीमा वर्ती क्षेत्रमा भारतीय पक्षले नेपालीमाथी गर्ने ज्याजति रोक्न माग गर्दै संयुक्त विद्यार्थी संगठनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिंदा व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सत्ता निकट दलका विद्यार्थी नेताहरु प्रधानमन्त्री निवास बालुवाटार गएका थिए ।

विद्यार्थी नेताहरुले दार्चुला घटनाको विरोध र भत्र्सना गर्दै तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनालीले जानकारी दिए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थीहरुका जायज माग सम्बोधन गर्दै रोकिएका परीक्षाहरु सन्चालन गराउन पनि विद्यार्थी नेताहरुले माग गरेका छन् ।