धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

भजनीका बाढी पिडितलाई खाद्यान्न वितरण

भजनीका बाढी पिडितलाई खाद्यान्न वितरण

धनगढी

समाजसेवी सुरेश बोहराले कैलालीको भजनीका बाढी पिडितलाई खाद्यान्न वितरण गरेका छन् ।

भजनी नगरपालिका–५ लालभोजी र वडा नम्बर–७ हिम्मतपुरका २६ घरपरिवारलाई राहत स्वरुप दाल, चामल, तेल, नुन र चाउचाउ वितरण गरेका हुन् । विस्थापित परिवारले हाल सम्म कतैबाट पनि राहत नपाएको गुनासो गरे पछि बोहराले खाद्यान्न वितरण गरेका हुन् ।

राहत ग्रहण गर्दै बाढीपिडित परिवारले भोटमाग्दा ठुला कुरा गर्ने नेताहरु अप्ठयारोमा फर्केर नआउने गरेको गुनासो गरे । बोहराले वितरण गरेको राहतले केही दिनको छाक टार्न सजिलो हुने उनीहरूको भनाइ छ ।

युवा समाज सेवी बोहराले दुःखमा आफुले सक्ने सहयोग गर्न पाउँदा खुशीलागेको बताए । बाढीका कारण विस्तापित परिवारको अवस्था दयनीय रहेको भन्दै बोहराले सवै निकायलाई सहयोगका लागि अपिल समेत गरे ।

अहिले बाढी प्रभावित परिवार हुलकी सडकमा त्रिपाल टाँगेर बस्दै आएका छन् । यस अघि बोहराले लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई समेत सक्दो सहयोग गरेका थिए ।


ट्रेन्डिङ