धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

तुइन तर्नेक्रममा गयो २६ जनाको ज्यान

तुइन तर्नेक्रममा गयो २६ जनाको ज्यान

धनगढी

दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी तुईनबाट खसेर वेपत्ता भए । सो घटनाले अहिले देश तथा विदेशमा चर्चा बटुलेको छ ।

तर सोही ठाउँमा तुईन तर्ने क्रममा हाल सम्म २६ जना भन्दा बढीको मृत्यु भइसकेको छ । स्थानीयका अनुसार दुई दशक यता मात्रै जयसिंह धामी खसेको स्थान बाटै तुईन तर्ने क्रममा २६ जना भन्दा बढीको ज्यान गएका छन् । व्यास गाउँपालिका–२ का वडा सदस्य बिरेन्द्र बुढाथोकीका अनुसार यसरी ज्यान गुमाउनेमा व्यास गाउँपालिका–२ र ४ का नागरिक रहेका छन् ।

‘यो मैले सम्झेपछिको घटना हो’ उनले भने–‘अन्य वडा र भारतीय नागरिकको पनि तुईन तर्ने क्रममा मृत्यु भएको छ ।’ उनले महाँकालीमा पुल निर्माण कार्यका लागि पटक–पटक स्थानीयले अभियाननै चलाएको बताए ।

नदीमा झुलङ्गेपुल निर्माणकालागि गाउँलले पटक–पटक अभियाननै चलाएका छन्’ उनले भने–‘तर भारतीय सुरक्षाकर्मीले पुल राख्न दिंदैन, जसका कारण यहाँका नागरिकले तुइनबाट खसेर अकालमै ज्यान गुमाउनुपरेको छ ।’

भारतीय सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउँदै तुईन निर्माणमा रोक लगाउने गरेको उनले बताए ।


ट्रेन्डिङ