धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

पेस्तल बेच्न नेपाल पुगेका दुई भारतीय पक्राउ

पेस्तल बेच्न नेपाल पुगेका दुई भारतीय पक्राउ

धनगढी

पेस्तोल वेच्न नेपाल पुगेका दुई जना भारतीय नागरिक दाङबाट पक्राउ परेका छन् ।

भारतको उत्तर प्रदेश सिद्धार्थनगर नगरपञ्चायत बढनी वडा नम्बर ३ का २२ वर्षीय करमुल्लाह आमिर र वडा नम्बर ८ का १९ वर्षीय राजा खान चाइनिज टाइप ५४ नाइन–९ एमएमको अटोमेटिक पेस्तोलसहित प्रहरीले दाङबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नेपाली युवाको अर्डरमा भारतीय नागरिकले नयाँ पेस्तोल नेपाल भित्र्याएका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक सुरेश काफ्लेका अनुसार बरामद पेस्तोल नयाँ रहेको र त्यसबाट हाल सम्म फायरिङ भएको छैन ।

‘पेस्तोल कसैको अडरमा वेच्ने प्रयोजनका लागि नेपाल ल्याइएको देखिन्छ’ जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक काफ्लले भने–‘पेस्तोल किन्न खोज्ने मानिस पहिचान भइसकेको छ ।’

दाङका एक युवकले सो पेस्तोल तीन लाखमा किन्ने सहमति पछि भारतीय नागरिकले पेस्तोल भित्र्याएको प्रहरी उपरिक्षक काफ्लले बताए । पक्राउ परेका दुवैजनालाई  दाङ र कपिलवस्तुको सीमाना क्षेत्रमा पर्ने कालाकाटे भन्ने स्थानबाट पक्राउ गरिएको प्रकरीले जनताएको छ ।


ट्रेन्डिङ