धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

बँदेल मार्न थापेको पासोमा परी दाजुभाइको मृत्यु

बँदेल मार्न थापेको पासोमा परी दाजुभाइको मृत्यु

धनगढी

बैतडीमा जंगली बँदेल मार्न थापेको विदुतिय पासोमा परेर दाजुभाईको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय र्बतडीका अनुसार सुर्नया गाउँपालिका५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दमा विद्युतिय पासोमा परेर मृत्यु भएको हो ।

बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।

जङ्गली बँदेल मार्नका लागि मकैबारीमा करेन्ट छाडिएको रहेछ, उनले भने–‘उनीहरु बँदेल धपाउन मकैबारी गएका बेला करेन्ट लागेको भन्ने बुझिएको छ । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटाइएको छ ।