धनगढी पोष्ट आइतबार, २२ भदौ २०८२   September 7, 2025

कोरोनाको पहिलो लगाएका जेष्ठ नागरिकलाई लगाउन मिल्ने एस्ट्राजेनेका खोप नेपाल भित्रियो

कोरोनाको पहिलो लगाएका जेष्ठ नागरिकलाई लगाउन मिल्ने एस्ट्राजेनेका खोप नेपाल भित्रियो

धनगढी

भारत सरकारले उपलब्ध गराएको कोरोना विरुद्धको कोभिसिल्ड भ्यक्सिनको पहिलो डोज लगाएका जेष्ठ नागरिकलाई दोश्रो डोजका रुपमा दिन मिल्ने एष्ट्रोजेनका खोप नेपाल भित्रिएको छ । 

जापान सरकारले उपलव्ध गराइएको एस्ट्राजेनेका खोप शनिबार  काठमाडौं आइपुगेको हो । जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको खोपको पहिलो खेप काठमाडौं आइपुगेको हो ।

कतार एयरवेजको विमानमार्फत ३ लाखभन्दा बढी डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । जापान सरकारले नेपाललाई १६ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

सोही योजनाअनुसार शनिबार र आइतबार ८ लाख डोज खोप नेपाल भित्रिने बताइएको छ । बाँकी ८ लाख डोज कहिले आउने भन्ने विषय भने टुंगो लागिसकेको छैन । सरकारले आगामी असोज महिनाभित्र १ करोड बढी खोप ल्याउने तयारी गरेको छ ।