धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढी उप–महानगरले २८ बेडको आईसोलेशन संचालनमा ल्यायो

धनगढी उप–महानगरले २८ बेडको आईसोलेशन संचालनमा ल्यायो

धनगढी

     सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रदेशको एकमात्र उपमहानगरपालिका  धनगढीले आफ्नै आईसोलेशन निर्माण गरि संचालनमा ल्याएको छ । कोरोना संक्रमितको उपचारका लागि धनगढी उप–महानगरपालिकाले बुधवार देखि २८ वेडको आईसोलेशन संचालनमा ल्याएको छ ।

       उप–महानगरपालिका वडा नं १५ जडिबुटी प्रशोधन केन्द्रमा निर्माण गरेको आईसोलेशनमा संक्रमित बिरामीहरु राख्न सुरु भैसकेको  छ । ‘ संक्रमितहरुलाई आईसोलेशनमा राखेर उपचार गर्न शुरु गरेका  छौं’ नगर प्रमुख नृप बहादुर वडले भने– आवश्यकता अनुसार बेड र अन्य सुबिधा थप गर्दै जानेछौं ।’ अहिले संचालनमा ल्याएको आईसोलेशनमा १ सय ५० वेड सम्म बनाउन सकिने नगरप्रमुख वडले बताए ।

     प्रदेशको कोरोना अस्पताल  सेती प्रादेशीक अस्पतालमा ६५ वटा मात्रै आईसोलेशन वेड रहेका छन् । ‘प्रदेशभरीका संक्रमितहरुको उपचार गर्नुपर्ने भएकाले त्यहाँ बिरामीले ठाउँ पाएका छैनन्’ नगर प्रमुख वडले भने– ‘त्यसैले पनि धनगढीलाई आईसोलेशन निर्माणको आवश्यकता भयो र दुर्त गतिमा निर्माण गरेर संचालनमा ल्यायौं ।’

  नगर प्रमुख वडका अनुसार धनगढी उप–महानगरपालिकाले महिलाका लागि धनगढीमा रहेको बि.पोलिटेकमा १० वेडको ओइसोलेशन बनाउने तयारी गरिरहेको छ ।  हालसम्म धनगढी उप–महानगरपालिका भित्र मात्रै ६५ जना कोरोना संक्रमित रहेका  छन् । जसमध्य २ जनालाई सेती प्रादेशीक अस्पतालमा राखेर उपचार भैराखेको छ  भने वाँकी बिभिन्न वडामा रहेका क्वारेन्टाईनमै रहेका छन् ।  ७ जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

   धनगढी उप–महानगरपालिका कोभिड उप–समितिका संयोजक नारायण प्रसाद बरालले जटिल अवस्थामा रहेकाहरुलाई मात्रै आईसोलेशनमा राखेर उपचार गरिने बताए ।    

 


ट्रेन्डिङ