धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
दार्चुला तुईन प्रकरण

सवै क्षेत्रका सुझाव पछि आन्तरिक छलफलमा छानविन टोली

सवै क्षेत्रका सुझाव पछि आन्तरिक छलफलमा छानविन टोली

धनगढी

भारतीय एसएसपिले तुईन काटेपछि महाँकालीमा बगेर वेपत्ता भएका दार्चुला व्यास गाउँपालिका–२ का जयसिंह धामी प्रकरणमा अनुसन्धान गर्न गठित छानविन टोली आन्तरिक छलफलमा जुटेको छ ।

गृह मन्त्रालयले गठन गरेको छानविन टोलीले यस अघि जिल्ला सुरक्षा संयन्त्रसंग छलफल गरेको थियो । यसैगरी टोलीले घटना स्थल (तुईन काटिएको स्थान) को पनि अवलोकन गरेको थियो । छानविन टोलीले महाँकालीमा डुवेर वेपत्ता भएका जयसिंह धामीको गाउँमा पुगेर स्थानीयको समेत राय लगेको थियो । यसैगरी जयसिंह धामी संगै तुईन तरेका प्रत्यक्षदर्शी र तुईन सञ्चालकसंग पनि छानविन टोली छलफल गर्दै उनिहरुका राय लगेको छ ।

मन्त्रालयका सह–सचिव जनार्दन गौतम नेतृत्वको समितिले शुक्रवार पीडित परिवारसँग भेट गरेर उनिहरुको प्रतिक्रिया समेत लगेको छ । सवै क्षेत्रसंग छलफल सकेर दार्चुला सदरमुकाम खलंगामा पुगेको टोली अहिले सवै क्षेत्रका सुझाव र प्रमाणमा छलफल गर्न थालेको छ । १० दिन भित्र छानविन सकेर प्रतिवेदन बुझाउने जिम्मा पाएको टोलीले मंगलबार भित्र आफ्नो अध्यन गृह मन्त्रालयलाई बुझाउनुपर्नेछ ।


ट्रेन्डिङ