धनगढी
भारतीय एसएसपिले तुईन काटेपछि महाँकालीमा बगेर वेपत्ता भएका दार्चुला व्यास गाउँपालिका–२ का जयसिंह धामी प्रकरणमा अनुसन्धान गर्न गठित छानविन टोली आन्तरिक छलफलमा जुटेको छ ।
गृह मन्त्रालयले गठन गरेको छानविन टोलीले यस अघि जिल्ला सुरक्षा संयन्त्रसंग छलफल गरेको थियो । यसैगरी टोलीले घटना स्थल (तुईन काटिएको स्थान) को पनि अवलोकन गरेको थियो । छानविन टोलीले महाँकालीमा डुवेर वेपत्ता भएका जयसिंह धामीको गाउँमा पुगेर स्थानीयको समेत राय लगेको थियो । यसैगरी जयसिंह धामी संगै तुईन तरेका प्रत्यक्षदर्शी र तुईन सञ्चालकसंग पनि छानविन टोली छलफल गर्दै उनिहरुका राय लगेको छ ।
मन्त्रालयका सह–सचिव जनार्दन गौतम नेतृत्वको समितिले शुक्रवार पीडित परिवारसँग भेट गरेर उनिहरुको प्रतिक्रिया समेत लगेको छ । सवै क्षेत्रसंग छलफल सकेर दार्चुला सदरमुकाम खलंगामा पुगेको टोली अहिले सवै क्षेत्रका सुझाव र प्रमाणमा छलफल गर्न थालेको छ । १० दिन भित्र छानविन सकेर प्रतिवेदन बुझाउने जिम्मा पाएको टोलीले मंगलबार भित्र आफ्नो अध्यन गृह मन्त्रालयलाई बुझाउनुपर्नेछ ।