धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

हतियार सहित २ जना पक्राउ

हतियार सहित २ जना पक्राउ

धनगढी

कैलालीबाट हतियार सहति २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा कैलालीको धनगढी उप–महानगरपालिका–२ का ४६ बर्षिय  मोहितकुमार शाह र केलारी गाउँपालिका–९ का ५३ बर्षिय खेमराज चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार उनिहरुलाई सोमबार राती गौरिगंगा नगरपालिका–९ शंकरपुरबाट पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्याल मसुरियाको टोलिले गस्तीका क्रममा चेकजाँच गर्दा उनिहरुले बा १७च १३१२ नम्बरको जीपमा हतियार लुकाई ओसारपसार गरिहेको भेटिएको प्रहरी प्रबक्ता विष्टले बताए ।

उनका अनुसार पक्राउ परेका खेमराज चौधरीले १२ बोर थान १, तथा मोहित कुमार शाहले ए कार्टिज राइफल संगै पोइन्ट टुटु एके को १० राउड गोलीबोकेका थिए । हतियार सहित पक्राउ परेका दुवैजनामाथी थप अनुसन्धान भइरहेको प्रबक्ता विष्टले बताए ।


ट्रेन्डिङ