धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

सेतीको परिक्षणमा २७ जनामा कोरोना पुष्टि

सेतीको परिक्षणमा २७ जनामा कोरोना पुष्टि

धनगढी

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २७ जना कोरोनाको संक्रमण पुष्टि भएको छ ।

मंगलबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको १ सय ५९ स्वाव परिक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार मंगलबार सेती अस्पतालमा थप  २ जना बिरामी भर्ना भएका छन् भने ५ जना निको भएर घर गएका छन् ।

हाल अस्पतालमा १९ जना संक्रमित उपचाररत रहेका छन् । जसमध्ये ३ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ भने २ जनालाई भेन्टिलेटरमा राखिएको सूचना अधिकारी श्रेष्ठले बताए ।


ट्रेन्डिङ