धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

गोदावरीमा जुवा खेलिरहेका ८ जना पक्राउ

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनीहरुबाट ५३ हजार ७ शय रुपैया बरामद गरेको

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा  जुवा खेलिरहेका  ८ जनालाई प्रहरीले ५४ हजार नगद सहित पक्राउ गरेको छ ।

 गोदावरी नगरपालिका वडा नम्बर १ मनहरा  स्थित पसल कोठामा जुवा तास खेलिरहेको अवस्थामा बिहीवार साझ साढे छ बजे प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो  । 

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनीहरुबाट ५३ हजार ७ शय रुपैया बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले  जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा  गोदावरी नगरपालिका  १ मनहराा  ५० बर्षीय खडक खडका,  २५ बर्षीय गणेश मडै,  ३८ बर्षीय  कृष्ण बहादुर बिष्ट, ३१ बर्षीय  दुर्गा दत्त भट्ट, ५२ बर्षीय  एकेन्द्र देउबा,  ४६ बर्षीय  प्रदीप पन्त,  ५० बर्षीय  दिर्घराज अवस्थी र ४० बर्षीय  महेद्र थापा  रहेका छन् ।


ट्रेन्डिङ