धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

विजुलीका तारमा रुख खस्दा धनगढीको विद्युत सेवा अबरुद्ध

विजुलीका तारमा रुख खस्दा धनगढीको विद्युत सेवा अबरुद्ध

धनगढी । विजुलीको तारमा पर्नेगरी रुख खस्दा धनगढीको विद्युत सेवा अबरुद्ध बनेको छ ।

लगातारको बर्षापछि विभिन्न स्थानमा रुख खसेर तार च्यातिएको  नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र धनगढीका प्रमुख सुरेन्द्र चौधरीले बताए ।

‘लगातार बर्षा भइरहेका कारण ढलेका रुख हटाउन समस्या भइरहेको छ’ उनले भने–‘रुख हटाइसकेपछि मात्रै विद्युत सेवा सुचारु हुनेछ ।’ उनले विद्युत प्राधिकरणको कार्यालय परिसरमा बर्षाको पानी जम्दा सेवामा केही समस्या भएको बताए । हाल सम्म पानीले कनै क्षेती नगरेपनि काम गर्न समस्या भएको उनले बताए ।


ट्रेन्डिङ