धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

बैतडीमा खुल्न थाले विद्यालय

बैतडीमा खुल्न थाले विद्यालय
file photo

धनगढी । कोरोना संक्रमित नभएका बैतडीका स्थानीय तहले विद्यालय सञ्चालन गरेर पठनपाठन सुचारु गर्नथालेका छन् ।

एक साता भन्दा धेरै सम सम्म कोरोना संक्रमित नभएका स्थानीय तहमा विद्यालय सुचारु गर्ने सहमति संगै बैतडीका केही स्थानीय तथमा विद्यालय सञ्चालन गरेर भौतिक रुपमै विद्यालय सञ्चालन गर्नथालेका हुन् ।

सोही मापदण्डमा आधारमा मेलौली नगपालिकाले साउन १० गतेदेखिनै पालिका भित्रका विद्यालय सञ्चालन गर्दै आएको छ । यसैगरी शिवनाथ गाउँपालिकाले भदौ २ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । दुवै स्थानीय तहमा कोरोनाका सक्रिय सङ्क्रमित शुन्य रहेका र नयाँ संक्रमित समेत फेलापरेका छैनन् ।

कोरोना महामारीका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा बालबालिकामा नकारात्मक प्रभाव परेकाले विद्यालय पुनः सञ्चालन गर्ने निर्णय भएको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताइन् । कोभिडको सङ्क्रमण कम हुँदै गएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरिएको उनको भनाईछ ।

शिवनाथ गाउँपालिकामा ३५ वटा सामुदायिक विद्यालय रहेका छन्, भने मेलौलीमा ४६ वटा सामुदायिक विद्यालय रहेका छन् । बैतडीका अन्य स्थानीय तहले पनि विद्यालय सञ्चालनका लागि छलफल सुरु गरेका छन् ।

शिक्षा विकास तथा समन्वय समिति बैतडीका प्रमुख नरेन्द्र अवस्थीका अनुसार केन्द्र सरकारले स्थानीय सरकारलाई कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्नसक्ने अधिकार दिएपछि जोखिम कम भएका स्थानमा पठनपाठन सुचारु गर्ने निर्णय गरिएको हो । बैतडीमा शनिबार सम्म कोरोनाका २८ सक्रिय सङ्क्रमित रहेका छन् ।


ट्रेन्डिङ