चलचित्र ‘एक’ को पोष्टर सार्वजनिक

चलचित्र ‘एक’ को पोष्टर सार्वजनिक

 

कोरोना महामारीसँगै थला परिरहेको नेपाली सिने क्षेत्रमा एउटा नौलो प्रयोगको सुरुवात भएको छ । महामारीका कारण दुई वर्षदेखि सिनेमा हलहरू बन्द छ

सिने उद्योग नै धरापमा परिरहेको यो अवस्थामा चलचित्र एकले भने डिजिटल रिजिलको प्रयास थालेको छ चलचित्र एकको डिजिटल (मोसन) पोस्टर मंगलबार ओएसआर डिजिटल नेपालले सार्वजनिक गरेको छ

नेपाली चलचित्र क्षेत्रमा सम्भवत: यो पहिलो नयाँ प्रयोग हो। मनोज पण्डितको निर्देशन रहेको चलचित्र आगामी असोज २१ गते घटस्थापनादेखि डिजिटल प्लेटफर्महरूमार्फत प्रदर्शन हुनेछ यसअघि नै चलिचत्रको तड्का-तड्काबोलको गीत सार्वजनिक भइसकेको छ अब हरेक कुराको डिजिटल युग सुरू भइसकेको छ

विश्वका धेरै ठूला सिनेमा उद्योगहरू पनि डिजिटल प्रमोशनमा गइसकेका छन्निर्देशक मनोज पण्डित भन्छन् अब नेपाली सिनेमा क्षेत्रमा पनि यसको विकल्प छैन। कसै न कसैले त सुरुवात गर्नैपर्थ्यो । यो रिस्क चलचित्र एकमार्फत हामीले लिएका छौं खासगरी नेपाली राजनीतिमा हुनै विभिन्न षड्यन्त्र र बाह्य हस्तक्षेपको प्लटमा बुनिएको चलचित्र एकको मुख्य भूमिकामा विशाल पोख्रेल छन्  

 उनले यो सिनेमामा एक गुप्तचरको भूमिका निभाएका छन् । खासगरी राजनीतिमार्फत देशविरुद्ध लाग्नेहरू विरुद्ध उनले गरेको संघर्षको कथा चलचित्र एकले बोकेको छ। यो कथा खासगरी मधेस मुद्दामा केन्द्रित छ । तर चलचित्रको छायांकन भने मधेसका फाँटदेखि डोल्पाका हिमाली भेगसम्ममा गरिएको छ गुप्तचर अधिकारीको भूमिकामा देखिएका विशालले चलचित्र एकलाई आफ्नो सिनेमा करिअरको दोस्रो र निकै चुनौतीपूर्ण इनिङ्स्का रुपमा लिएका छन्

 यसअघि ग्रेटर नेपाल, दासढुङ्गा, वधशालाजस्ता चर्चित राजनैतिक सिमानहरू बनाइसकेका निर्देशक पण्डितका अनुसार यो सिनेमा स्पाई थ्रिलर जनरहो । एकपण्डितको सातौं चलचित्र हो  राजनीतिक परिचक्रभित्र घुमेको यो चलचित्र एक्सनले पनि भरिपूर्ण छ

चलचित्रमा एक्सन निर्देशन प्रमोद खड्काले गरेका छन् भने अर्को मुख्य भूमिकामा प्रमोद अग्रहरि पनि छन् । स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा आत्मा गुरागाइँ र सोफिया थापाले निर्माण गरेको चलचित्र एकमा बालकलाकारको भूमिकामा विश्वंत पोखरेल देखिएका छन्