धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

१६ बर्ष पछि गड्डाचौकीको  पर्यटन बोर्ड कार्यालय बन्द

१६ बर्ष पछि गड्डाचौकीको  पर्यटन बोर्ड कार्यालय बन्द

धनगढी । पर्यटन प्रबद्धन गर्ने उद्देश्यका साथ १६ बर्षअघि स्थापना गरिएको  कञ्चनपुर स्थित गड्डाचौकीको नेपाल पर्यटन बोर्डको कार्यालय बन्द गरिएको छ ।

बोर्डका कार्यालय सहायक कर्मचारी थानेश्वर लेखकका अनुसार कार्यालय किन बन्द गरिएको भन्ने बारे भने खुलाइएको छैन । तर एक महिना अघि पर्यटनबोर्डका प्रबन्धक आफैले गड्डाचौकीमा रहेको सामान लगेर कार्यालय बन्द गरिएको जानकारी गराएका थिए ।

‘गड्डाचौकी नाका र पुर्वको काँकडभित्ता कार्यालय संगै स्थापना भएका थिए’ सहायक कर्मचारी लेखकले भने–‘तर ‘काँकडभित्तामा कार्यालय हटाइएको छैन, गड्डाचौकी कार्यालय हडाइएको छ ।’ कार्यालय विस्थापित गर्नुको कारणबारे कुनै जानकारी समेत नदिएको उनले बताए ।

एक महिनाअघि बोर्डका प्रवन्धक सुर्य थपलिया आएर सामान बुझेर कार्यालय बन्दगरि गएको लेखकले बताए । उनले कार्यालय एक महिना अघि बन्द भएपछि आफुहरुले ५ महिना देखी तलव नपाएको गुनासो गरे । ‘नत हामीलाई जागिरबाट हटायएको भन्ने जानकारी आएकोछ’ उनले भने नत तलवनै दिइएको छ, हामीलाई कसैले सम्पर्क समेत गरेका छैनन् ।’


ट्रेन्डिङ