धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

जिल्ला प्रशासन कार्यालय कन्चनपुरले गरयो  सवारी पास  स्थगित

जिल्ला प्रशासन कार्यालय कन्चनपुरले गरयो  सवारी पास  स्थगित

 कञ्चनपुर

   जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले उपलव्ध गराउँदै आएको सवारी पास स्थगित गरेको छ । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना ( भाइरस कोभिड  १९)  रोकथाम तथा नियन्त्रणका लागि देशभर लगाइएको लकडाउनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अति आवश्यक सवारी पास अर्को  सूचना जारि नहुन्जेलसम्मका लागि स्थगित गरेको हो ।

  गृह मन्त्रालय, आन्तरिक प्रशासन, सवारी तथा सभा समारोह व्यवस्थापन शाखाबाट प्राप्त निर्देशक कार्यान्वयना लागि लागि आवश्यक तयारी गर्नुपर्ने भन्दै अन्तर जिल्ला आवागमन गर्न कुनै पनि जिल्लाको लागि सवारी पास जारी गर्ने कार्य हाललाई स्थगित गरिएको जिल्ला प्रशासन कार्यालय कन्चनपुरले सूचना मार्फत जनाएको छ ।

  गृह मन्त्रालय, आन्तरिक प्रशासन, सवारी तथा सभा समारोह व्यवस्थापन शाखाले असार ११ गते पठाएको पत्रमा सवारी पास जारी गर्ने कार्यलाई अझ बढी संवेदनशील र जिम्मेवारी तर्फबाट थप व्यवस्थापन गने भनी निर्देशन दिइएको छ ।