धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

भिडभाड नगरी गौरा मनाउन दार्चुला प्रशासनको अनुरोध

भिडभाड नगरी गौरा मनाउन दार्चुला प्रशासनको अनुरोध

धनगढी । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पालना गर्दै गौरा पर्व मनाउन आग्रह गरेकोछ ।

बुधबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले गौरामा भिडभाड नगर्न तथा जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गराउने निर्णय समेत गरेको छ ।

यस्तै सम्पूर्ण स्थानीय तहहरुलाई आ–आफ्नो पालिकाभित्र भिडभाड नहुने गरी व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय प्रशासनले गरेकोछ ।

पछिल्लो समय कोरोनाको तेश्रोलहर फैलिने खतरा रहेको भन्दै स्वास्थ्यकर्मीले सतकर्ता अपनाउन आग्रह गरेपछि प्रशासनले सुरक्षा सतर्कता अपनाउन आग्रह गरेकोहो ।

‘तेश्रोलहरको कोरोनाले बालबालिकालाई बढी जोखिम रहेको स्वास्थ्यकर्मीले बताउँदै आएका छन्’ जिल्ला प्रशासन कार्यालय दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले भनिन्–‘त्यसैले सवैले स्वास्थ्य मापदण्डलाई ख्याल गरेर गौरा मनाउन आग्रह गरिएकोछ ।’ उनले बालबालिकालाई  भिडभाड हुने स्थानहरुमा नपठाउन समेत अभिभावकलाई आग्रह गरिन् ।’


ट्रेन्डिङ